logo-img

भारतको आसामको बाढी : मृतकको संख्या ३८ पुग्यो

भारी वर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ ।  विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्टअनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ ।

मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ । प्रशासनले बाढी प्रभावित जिल्लामा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ, जहाँ लगभग २ लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् ।

बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् । स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू  ठाउँ ठाउँमा उद्धार कार्यमा संलग्न छन्  । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग २ हजार ९ सय जनालाई उद्धार गरिएको छ ।

सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, ६ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्‍याएको छ भने पाँचवटा तटबन्धलाई तोडेको छ ।   





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया