logo-img

एमाले-कांग्रेस गठबन्धनबारे माओवादीले भन्यो : षड्यन्त्रकारी सहमति, शान्ति प्रक्रिया उल्ट्याउने खेल

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमाले र कांग्रेसले मध्यरातमा षड्यन्त्रकारी ढंगले संविधान संशोधनको गर्ने सहमति गरेर मुलुकलाई प्रतिगमनको दिशातिर लगेको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानबारे सरोकारवालाहरूसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रकारी ढङ्गले संविधान संशोधन गर्ने कुरा उठाइरहेको बताए । 

उनले भने,‘मध्यरातमा नेपाली कांग्रेस र एमालेकोबीचमा सरकार गठनको लागि जुन सहमति भयो भनेर मिडियामा आइरहेको छ, त्यो नेपालको राजनीतिक इतिहासमा एउटा परिघटना हो । यसलाई समग्रतामा प्रतिगमनको दिशातिर अघि बढी रहेको भन्ने थाहा हुन्छ । संविधानका सरोकारवालासँग छलफल परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा अदृश्य रूपमा षड्यन्त्रकारी ढङ्गले अघि बढ्नु सान्दर्भिक होइन ।’

शान्ति प्रक्रिया पश्चात् प्राप्त गरेका उपलब्धिहरूलाई नै निशाना गरेर त्यसलाई उल्ट्याउने कोणबाट संविधान संशोधनको चर्चा भएको उनको भनाइ छ । उनले वर्तमान उपलब्धि उल्टाएर ०४७ सालको संविधानको दिशामा लान खोजेको त होइन भन्दै आशङ्का व्यक्त गरे ।  





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया