logo-img

बिरामी बच्चाका लागि औषधि किन्न गएकी महिला अजिंगरको आहार बनिन्

मध्य इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेलापरेको प्रहरीले बुधबार जनाएको छ ।  बिरामी बच्चाका लागि औषधि किन्न बजार गएकी महिला अजिंगरको आहार बनिन् आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मंगलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएको र खोजी गर्ने क्रममा उनलाई अजिंगरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

महिला हराएपछि उनका श्रीमान आदियान्साले खाेजी गरे । साे क्रममा घरबाट करिब ५०० मिटर टाढा दक्षिण सुलावेसी प्रान्तको सितेबामा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पर्याे । त्यसको केही समयपछि उनले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिंगर देखे । अजिंगरको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शंका लागेर गाउँलेहरूको सहयोगमा अजिंगरको पेट चिरेर हेर्दा पेटभित्र सिरियाटीको शव फेलापरेकाे थियाे ।

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा पनि अजिंगरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्। गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खाँदै गरेको अवस्थामा आठ मिटर लामो अजिंगरलाई मारेका थिए । 

सन् २०१८  मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिंगरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् । 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया