logo-img

अख्तियारका आयुक्तकाे निवासमा चिरिबाबुले किन लगाए डाेजर ?

सार्वजनिक जग्गा मिचेको पाइएको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यको घरको पर्खाल र गेट भत्काएको छ।

स्थानीय सम्पदा संरक्षण अभियन्ता, गुठियार र स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन पटकपटक माग गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा.अमात्यको घरको पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो।

महर्जनको सचिवालयले अमात्यलाई महानगरमै बोलाएर भत्काउनको लागि आग्रह गर्दा पनि नमानेपछि डोजर लगाएको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए।

आयुक्त अमात्यका श्रीमान् दिवस अमात्यले भने आफूहरूले महानगरपालिकाबाटै नक्सा पास गरेर घर बनाएको, तर महानगरले कुनै सूचना नदिई एक्कासि पर्खाल भत्काएको आराेप लगाएका छन् । 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया