logo-img

बिहीबारसम्म राजीनामा नगरे प्रधानमन्त्रीलाई राष्ट्रपतिमार्फत पदमुक्त गराउने तयारी

नयाँ सत्ता समीकरणका लागि हस्ताक्षर गरेका संसदका दुई ठूला दल कांग्रेस र एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारसम्म राजीनामा नगरे राष्ट्रपतिमार्फत पदमुक्त गराउने तयारी गरेका छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् । उनीहरूले नयाँ सरकार गठनका लागि मार्गप्रस्त गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह पनि गरिसकेका छन् । 

प्रधानमन्त्री दाहालले राजीनामा दिन आनाकानी गरेपछि उनलाई हटाउन प्रमुख दुई दलले नयाँ रणनीति अपनाएका हुन् । दाहाललाई आग्रह गरिसकेका छन् । दाहालले बहुमत गुमाएको प्रस्ट भइसकेकाले अब राजीनामा नदिए के गर्ने भन्ने विषयमा दुई दलले विभिन्न विकल्पमा छलफल समेत सुरु गरेका छन् । पछि उनलाई पदमुक्त गर्ने तयारी भएको हो ।

तर, दाहालले भने ‘कोठे सहमति’का भरमा आफूले राजीनामा नदिने अडान राखेका छन् । एमालेले आजै आफ्ना मन्त्रीहरुलाई फिर्ता गर्ने र प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । रास्वपाले समेत बिहीबार समर्थन फिर्ता लिने सम्भावना रहेको स्रोतको दाबी छ । 

एमलेको उक्त निर्णयसँगै दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परे पनि प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिन पाउने प्रावधान छ । तर, कांग्रेस–एमाले एक महिनासम्म कुर्ने पक्षमा देखिएका छैनन् । उनीहरूले दाहालले राजीनामा दिन अटेर गरे राष्ट्रपतिलाई बहुमत सांसदको हस्ताक्षर बुझाएर उनलाई पदमुक्त गराउने तयारी गरेका हुन् । 

राजीनामा दिन आनाकानी गरे पनि प्रधानमन्त्री दाहालको निजी सचिवालयले खुमलटारस्थित दाहाल निवासमा सरसफाइका लागि कर्मचारी खटाइसकेको बताइएको छ ।





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया