logo-img

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता

एमालेको तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्। साथै एमालेले आफ्ना तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारमा एमालेका आठजना मन्त्री थिए । उनीहरूले बुधबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।

एमालेबाट दाहाल नेतृत्वको सरकारमा रघुवीर महासेठ, पदम गिरी, भगवती चौधरी, हरि उप्रेती, बलराम अधिकारी, ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री थिए। सामूहिक रुपमा गएर राजीनामा बुझाएपछि प्रधानमन्त्री दाहालमाथि राजीनामाको दबाब परेको छ।

कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीकोे निर्देशनअनुसार एमाले मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। 

गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर दाहालले एमालेसँग सत्ता सहकार्य गरेका थिए। एमाले मन्त्रीहरूले राजीनामा गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् । 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया