logo-img

रविलाई मुकुलको प्रश्न : गोर्खा मिडियामा जिबीको गल्ती, पार्टीमा मेरो गल्ती ? उहाँको पदले कहिल्यै गल्ती गर्दैन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन् । ढकालले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई ‘डमी’ बनाउने गरेको आरोपसमेत लगाएका छन् । 

उनले रविको चरित्रबारे बुझ्न आइजिपी र गृहसचिवलाई सोध्दा हुने बताएका छन् । आइजिपी कुँवर र गृहसचिव एकनारायण अर्यालसँग बुभ्mयो भने रविको काम गर्ने चरित्रबारे थाहा हुने उनले बताएका छन् । 

सभापति रविले आफूले गरेका सबै गल्तीको भार आफूमाथि थोपरेको ढकालको आरोप छ । ‘पार्टी महामन्त्रीलाई सबै दोष थुपार्दै गर्दाखेरि सभापतिको नैतिक उत्तर के हुन्छ ?’ भन्दै ढकालले रविमाथि नैतिक प्रश्न तेस्र्याएका छन् । 

संवाददाताहरूसँग उनले भने, ‘गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो रवि लामिछाने, त्यहाँचाहिँ अध्यक्ष जिबी राईको गल्ती, पार्टीमा सभापति सबै महामन्त्रीको गल्ती ? उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ ?’

आजको बैठकका क्रममा पनि आफूमाथि ह्यारेसमेन्ट भएपछि आफू बैठक छाडेर निस्केको उनले बताए । उपसभापतिहरू डिपी अर्याल र स्वर्णिम वाग्लेले बैठकमै आफूलाई महामन्त्रीमा नमान्ने घोषणा गरेको भन्दै ढकालले आपत्ति जनाए। एउटा व्यक्तिले विरोध गर्‍यो भने पार्टीमा त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने गरेको उल्लेख गर्दै उनले भने, ‘रास्वपा अब प्रतिपक्ष बन्दै छ, कुन नैतिकताको आधारमा सरकारको विरोध गर्छ ?

पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो। त्यस क्रममा महामन्त्री ढकालको चर्को आलोचना भएपछि उनी बैठटक छाडेर हिँडेका थिए । 



यता, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टी महामन्त्री डा. मुकुल ढकालको बुधबारको केन्द्रीय समितिमा अस्वाभाविक, गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्ने संकेत गरेका छन् । ढकालको व्यवहारबारे अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने उनले बताए । 

समीक्षा यात्राको प्रतिवेदनका विषय मिडियामार्फत् सार्वजनिक गरेको भन्दै महामन्त्री ढकाललाई रास्वपाको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो। ढकालले त्यसको जवाफ दिएका छैनन् । 



महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। सभापति लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेको तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेको वाग्लेले बताए।

यस विषयमा अनुशासन आयोगले पनि हेरिरहेको र सभापतिले पनि अनुशासन आयोगमार्फत नै कारबाही गरौँ भनेको वाग्लेले जानकारी दिए । बैठकमा महामन्त्री ढकाललाई बोल्न नदिएको भन्ने ढंगले सूचना गलत रहेको उनको भनाइ छ । 

मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा पुगे रास्वपा महामन्त्री ढकाल, कारण के हो ?

रास्वपा महामन्त्री ढकालले प्रतिवेदनमै किन लेखे ? - ‘मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्’

रास्वपा बैठक लाइभ गर्दैनौँ, महामन्त्रीको प्रस्तावमाथि छलफल हुन्छ : मनिष झा

  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया