logo-img

रास्वपा महामन्त्री ढकाल सात दिनका लागि निलम्बित
रास्वपा प्रवक्तामा मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

बैठकले प्रवक्ताको जिम्मेवारी भने नेता मनिष झालाई दिएको छ । रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको बैठकपछि सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ ।

महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन् । 

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन् । उनले तयार पारेको प्रतिवेदन पार्टीले सार्वजनिक गर्न नमानेपछि उनले सभापतिप्रति आक्रोश व्यक्त गरेका हुन् ।  
 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया