logo-img

क्यानले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, के-के छन् एजेन्डा ?

नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान ११ बजे काठमाडौंको एक होटलमा बस्ने गरी बोलाइएको बैठकमा झण्डै एक दर्जन एजेन्डा तय गरिएका छन् । 

नेपाली क्रिकेट टिमले वेस्ट इण्डिज र अमेरिकामा आयोजना भएको आइसिसी टी–२० विश्वकपको समीक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ । 

यस्तै, पूर्वकप्तान सन्दीप लामिछानको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुईपटक अन्तर्वार्ता दिँदा पनि उनको भिसा स्वीकृत भएको थिएन । 

यस्तै, पहिलो संस्करणमा विवादित बनेको नेपाल टी–२० लिगको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा रहेको जिम हल विस्तार र पिचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलको एजेन्डा तय गरिएको छ । यस्तै, मूलपानी मैदानको क्युरेटिङ कन्सल्टेण्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुनेछ ।

राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डा तय गरिएको छ । महिलाको टी–० एसिया कपको सहभागिताका साथै कर्मचारीको प्रशासनिक नियमावली पनि पारित गर्ने बैठक एजेन्डा रहेको छ । 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया