logo-img

प्रधानमन्त्रीले साथ मागेपछि राजीनामा नदिएरै बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरे पनि अन्ततः राजीनामा नदिएरै बालुवाटरबाट फर्किएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका हुन् ।

राजीनामा दिन बालुवाटार पुगेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफल पछि  राजीनामा नदिएर फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि मन्त्रीहरू राजीनामा नदिएर फर्किएको बताइएको छ । 

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यस्तै, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । 

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरूले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।     





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया