logo-img

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । 

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय रुपैयाँ तोकिएको छ  ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ । 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया