logo-img

अशाेक राई नेतृत्वकाे जसपाले आजै मन्त्री फिर्ता बाेलाउने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्रीहरुलाई आजै फिर्ता बाेलाउने भएकाे छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीच भएको सहमतिलाई समर्थन गर्दै जसपाले वर्तमान सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने तयारी गरेकाे हाे । पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले आजै मन्त्री फिर्ता बाेलाउने जानकारी दिए।

राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपालबाट केही महिनअघि मात्रै छुट्टिएकाे हाे । यादवले प्रधानमन्त्री दाहालकै षड्यन्त्रमा आफ्नो पार्टी फुटाइएकाे दाबी गर्दै आएका छन् । अहिले प्रधानमन्त्री दाहाल अल्पमतमा परेपछि साे पार्टीले पनि समर्थन फिर्ता लिने भएकाे हाे ।

यसअघि बुधबार बेलुका एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए। उनीहरूकाे राजीनामा स्वीकृत भइसकेकाे छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेकाे थियाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू पनि बिहीबार बिहान राजीनामा बुझाउन बालुवाटार गएका थिए । प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने तयारी गरेकाले साे अवधिसम्म साथ दिन आग्रह गरेपछि उनीहरू राजीनामा नगरी फर्केका छन् ।

उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वकाे लोसपा र सिके राउत नेतृत्वकाे जनमतलगायत पार्टीले पनि नयाँ समीकरणबाट बन्ने सरकारलाई समर्थन गर्ने जनाइसकेका छन् । 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया