logo-img

लुम्बिनी प्रदेश सरकारबाट पनि बाहिरियाे एमाले

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । 

संघमा नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै प्रमुख सत्ता साझेदार दल एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । 

नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरा नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले बिहीबार राजीनामा दिएका छन् । 

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।

यसअघि एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट पनि बिहीबारै बाहिरिएकाे थियाे । 





  • प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया