logo-img

अर्थमन्त्री भन्छन्- आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्छौँ

अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाइएको थियो । प्याज आलु आदीमा तर यस पटक त्यो भ्याट हटाइयो । भ्याटको सिद्धान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुरा हुन्छ । तर त्यो हटाइयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रूपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’ 

उनले सरकारले पाँच वटा रूपान्तरण क्षेत्रमध्ये आइटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ । उनले भने, ‘यो वर्ष हामीले पाँच वटा रूपान्तरण क्षेत्र मध्य आइटी क्षेत्रलाई अगाडि सारेका छौँ । आइटी क्षेत्र गएको वर्ष ६६ अर्बको निर्यात भयो । यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुन्छ आइटी क्षेत्रको सेवा ।’ 

उनले कृषि औद्योगीकरणमा गए पनि कृषि क्षेत्रको सेवाबाट औद्योगीकरणमा जाने बाटो सहज नभएको उनको भनाई छ । अर्थमन्त्री पुनले उत्पादनपछिको अनुदान व्यवहारिक हुने भन्दै विगतका अनुदान नीतिहरूको सदुपयोग नभएको धारणा राखे ।  





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया