logo-img

सुमनाको प्रश्न- शिक्षकलाई राजनीतिक दलको आबद्धता त्याग्नुस् भन्दा मन्त्रीले तर्साएको हुन्छ ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाएकी छन् । 

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग्न र पार्टीको कार्यक्रममा नगई विद्यार्थीहरूलाई सहज रूपमा शिक्षा प्रदान गर्नु भन्दा तर्साएको कसरी भयो भन्दै प्रश्न गरेकी हुन् । 

उनले भनिन्, ‘शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरू जति बेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ । शिक्षकहरूलाई दलको आबद्धता त्याग्नुस् भनेको तर्साउने काम गरिएको भन्दै हल्ला फैलाइयो । शिक्षकलाई पार्टीका कार्यक्रममा नगई कक्षामा विद्यार्थीलाई सहज वातावरण बनाइदिनुस् भन्दा कसरी तर्साएको भयो ?’

देशभरका निजी र सरकारी विद्यालयको नतिजामा केही फरक नभएको भन्दै उनले शिक्षाको गुणस्तर निरन्तर ओरालो लागिरहेको बताइन् । ‘सरकारी शिक्षकहरू राजनीतिक दलको जिम्मेवारी र सदस्यमा लागेर तालाबन्दी गर्ने, आन्दोलनमा गएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरी नतिजा खस्किरहेको छ’ उनको भनाइ छ । 

यसै गरी, मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र कमाउँदा कमाउँदै शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिरहेको बताइन् । 





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया