logo-img

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्र्याक्ट) मा परेका छन् । बिहीबार बसेको क्यानको केन्द्रीय कार्य समिति बैठकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो ।  

बलात्कारको मुद्दा लागेसँगै उनी २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । तर, केही समयअघि सफाइ पाएपछि क्यानले सन्दीपलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको हो । 

योसँगै उनले अब मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् । क्यानको वर्गीकरणअनुसार ‘ए’ ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक प्राप्त गर्ने गर्छन् । 


 





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया