logo-img

आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने क्यानको तयारी
फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान) ले युवा अलराउन्डर मोहम्मद आदिल आलम (आदिल अन्सारी) माथिको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । त्यसका लागि क्यानले एक हप्ताभित्र निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ ।   

आदिलले स्पट फिक्सिङमा केही समयअघि जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका थिए । 

गत सिजनको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनी ९ माघ २०७९ मा पक्राउ परेका थिए । त्यसपछि आदिललाई क्यानले निलम्बन गरेको थियो ।   

आदिलले हालसम्म ८ टी–२० आई र ६ ओडिआई म्याच खेलेका छन् ।  

क्यान बैठकको निर्णय :





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया