logo-img

सरकारलाई दिएको समर्थन फिर्ता लिने राई नेतृत्वको जसपाको निर्णय
अशोककुमार राई, फाइल तस्बिर

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । 
    
जनता समाजवादी पार्टीबाट सङ्घीय सरकारमा नवलकिशोर साह सुडी वन मन्त्री, प्रदीप यादव स्वास्थ्य मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए । 





  • प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया