logo-img

दुई स्टार खेलाडीको भिडन्तमा एमबाप्पेको टिमले मार्‍यो बाजी, पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दाबेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एमबाप्पेको फ्रान्स भिडेका थिए ।

तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । शुक्रबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले गोलको खडेरी तोड्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । 

जसमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५–३ ले विजयी भयो । फ्रान्सका ओस्मन डेम्बेले, युसुफ फोफाना, जुलेस कुन्डे, ब्राड्ली बारकोला र थियो हर्नान्ड सबैले गोल गरेका थिए ।

पोर्चुगलका लागि क्रिष्टियानो  रोनाल्डो, बनान्डो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जाओ फ्लेक्सको प्रहार बारमा लागेर बाहिरिँदा टिम नै प्रतियोगिताबाट बाहिर पुग्यो । अब सेमिफाइनलमा फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । स्पेनले घरेलु टोली जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । 





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया