logo-img

मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुंगा पल्टिँदा सयभन्दा बढीको मृत्यु

पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या एक सय ५ पुगेको छ । 

राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाडिरहेको जानकारी दिए ।

आप्रवासी अधिकार समूह वाकिङ् बोर्डर्सले सन् २०२४ को पहिलो पाँच महिनामा क्यानरी टापु पुग्ने प्रयास गर्दा समुद्रमा अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ ।

पश्चिमी अफ्रिकी देशको सरकारी समाचार एजेन्सी र माछा मार्ने संघका प्रमुखले शुक्रबार डुंगा पल्टिएको एक हप्ता भएको बताए । कोस्ट गार्डले १७० जनासहित युरोप जान लागेका ८९ आप्रवासीको शव फेला पारेको छ । पाँच वर्षीया बालिकासहित नौ जनाको उद्धार गरिएको छ ।  

पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुसम्मको एट्लान्टिक प्रवासी मार्ग विश्वको सबैभन्दा घातक मार्गहरूमध्ये एक हो । यो मार्ग प्रायः अफ्रिकी आप्रवासीहरूले स्पेन पुग्न प्रयोग गर्छन् ।  





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया