logo-img

एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे बस्नेगरी बोलाइएको हो । 

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठकमा पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने उनले बताए ।

हाल नेकपा माओवादी केन्द्रसँगको सहकार्य छाडेको एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने तयारी गरिरहेको छ । सोही विषयमा एमालेले छलफल गर्न लागेको हो ।  





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया