logo-img

मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै
फाइल फाेटाे

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिनुहुने भएको मुख्यमन्त्री सचिवालयले जनाएको हो । 

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । 

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । जनमत पार्टीसँग प्रदेशसभामा १३ प्रदेशसभा सदस्य छन् । कांग्रेस र एमालेको साथ पाएपछि सिंहले प्रदेशसभामा बहुमत पाउने पक्का भएको छ ।

मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा (माओवादी केन्द्र) का नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेशसभा सदस्य छन् ।  





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया