logo-img

इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको राष्ट्रपतीय चुनावमा जित हासिल गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी र जलिलीले एक करोड तीन लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीका प्रवक्ता मोहसेन एस्लामीले बताएका छन् । उनका अनुसार निर्वाचनमा ४९.८ प्रतिशत मतदान भएको थियो भने रद्द भएको मतपत्रको सङ्ख्या ६ लाखभन्दा बढी रहेको थियो ।  

जितपछि विजयी पेजेस्कियनले आफ्ना समर्थक तथा मतदाताहरूलाई धन्यवाद दिँदै सबैलाई मित्रताको हात दिने र सबै यस देशका जनता भएकाले देशको प्रगतिको लागि प्रयोग गर्नपर्ने सरकारी टेलिभिजनमार्फत उल्लेख गरेका थिए । 





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया