logo-img

भेनेजुएलालाई हराउँदै क्यानडा सेमिफाइनलमा

क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई सडनडेथमा ४–३ गोल अन्तरले पराजित गर्दै क्यानडाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समय १–१ गोलको बराबरी भए पछि खेलको नतिजा सडनडेथमा निकालिएको हो । जसमा क्यानडाका ६ मध्ये चार खेलाडीले गोल गर्दा भेनेजुएलाका ३ खेलाडीले मात्रै गोल गर्न सकेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलमार्फत अग्रता लिएको थियो ।

भेनेजुएलाले ६५ औं मिनेटमा सालोमन रोन्डोनले गोल गरेपछि खेल बराबरीमा आएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउट हुँदै सडन डेथबाट खेलको नतिजा क्यानडाको पक्षमा पुग्यो ।
पेनाल्टी सुटआउटमा दुवै टिमले ३–३ गोल गरेका थिए । त्यसपछि सडनडेथमा पुगेको थियो ।

सडनडेथमा भेनेजुएलाका लागि छैटौं पेनाल्टी विल्कर एन्जेलले गर्न असफल भएका थिए । तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट गोल गर्दै अन्ततः क्यानडालाई ४–३ ले जीत दिलाए ।

सेमिफाइनलमा क्यानडाले अर्जेन्टिनाको सामाना गर्ने छ । यी दुई टिम समूह चरणमा पनि भिडेका थिए । समूह चरणमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको थियो । 





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया