मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गर्दा अटेर गरेपछि सबैलाई बर्खास्त गरिएको बताए ।
मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह, अर्थमन्त्री युवराज भट्टराई, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बेची लुंगेली, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी, श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी एक्ली सांसद विमला अन्सारी, गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो ।
केन्द्रमा संसदका दुई ठुला दल कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रदेश सरकारहरूमा समेत त्यसको बाछिटा पर्न थालेको छ । यसअघि एमालेले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।