logo-img

पहिरोमा परी काठमाडौंको नागार्जुनमा एकजनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोमा परी काठमाडौंको नागार्जुनमा एकजनाको मृत्यु भएको छ । शनिबार बिहान नागार्जुन नगरपालिका ३ स्थित सिंगलल ट्रीनजिकै गएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको हो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार पहिरो आएर ट्रपिकल रेस्टुरेन्टको किचनको कोठा पुरिँदा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल सोही रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज विकको मृत्यु भएको हो । 

पहिरोमा पुरिएर गम्भीर घाइते भएका उनलाई तत्कालै स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको  प्रवक्ता मैनालीले जानकारी दिए ।





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया