logo-img

सहकारीहरू पार्टीका मान्छेले चलाएका छन्, अनुसन्धान गर्न गयो भने सरकारै फालिदिन्छन् : मन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको मर्म स्पष्ट हुनेगरी सहकारी ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सहकारीलाई शुद्ध वित्तीय संस्थाको रुपमा अगाडि बढाउनका लागि सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘सहकारीलाई पुनः परिभाषित गर्नुपर्ने बेला आएको छ । सहकारीको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्नुपर्छ । र सहकारीलाई सहकारीजस्तै बनाउनुपर्छ । सहकारीलाई शुद्ध वित्तीय संस्थाको रुपमा अगाडि बढाउनुपर्छ । सहकारीमा समस्या आउनु र करोडौं रकम किन हिनामिना हुनुका कारण अनुगमन नै प्रभावकारी नभएर हो । त्यसैले यो अति बेथिति भयो ।’

उनले सहकारी क्षेत्रमा देखिएको समस्याको मुख्य कारण नै राजनीति रहेको धारणा राखे । राजनीतिलाई सफा नगरी देश बन्न नसक्ने भन्दै त्यसलाई अत्यन्तै महत्वका साथ आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए । 

‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । राजनीति नै समस्याको जड हो । राजनीति सफा नभइकन अरु समाधान हुनेवाला छैन । त्यसैले मैले बारम्बार भन्ने गरेको छु । राजनीति सफा नगरिकन देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वका साथ आत्मसाथ गर्नुपर्ने आवश्यक छ । जतिसुकै कुरा गरे पनि राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीका समस्या आउनाका कारण सञ्चालकहरू कुन कुन पार्टीका छन्, कुन नेताका छन् । उनीहरुले अनुसन्धान गर्न जानेहरूलाई फालिदिन्छन्,’ उनले भने ।

त्यसैगरी उनले सहकारीको समस्या समाधानका लागि गरिएको निर्णय तीव्रता साथ कार्यान्वयन गर्न नसक्नु प्रमुख चुनौती रहेको उनको भनाई छ ।





  • प्रकाशित मिति : असार २२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया