logo-img

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा, फाइनल प्रवेश गर्न इंग्ल्याण्डसँग भिड्ने

नेदरल्याण्ड्सले युरो कप २०२४ को सेमिफाइनलमा स्थान बनाएको छ । गएराति बर्लिनमा सम्पन्न खेलमा अन्तिम क्वाटरफाइनलमा टर्कीविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्सले सेमिफाइनलमा स्थान बनाएको हो ।  

खेलमा टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । अकायदिनले हेडरमार्फत गोल गरेपछि टर्कीले अग्रता पाएको थियो । तर, नेदरल्याण्ड्सले खेलको ७०औं र ७६औं मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सले जित निकाल्यो । ७०औँ मिनेटमा स्टेफान डे भ्रिजले गोल गरे । 

७६औँ मिनेटमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले सेमिफाइनलको यात्रा गर्यो । नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्याण्डको सामना गर्नेछ । इङ्ल्यान्डले शनिबार राति भएको खेलमा स्विट्जरल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो ।  

योसँगै युरो कपको सेमिफाइनल समीकरण पूरा भएको छ । यसपटक पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स तथा दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्ड खेल्ने छन् । सेमिफाइनल खेल १० र ११ जुलाईमा हुने छन् । 





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया