logo-img

गोलको वर्षा गर्दै कोलोम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

कोलोम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा पानामालाई ५–० ले हराउँदै कोलोम्बिया सेमिफाइनलमा प्रवेश गरेको हो । 

कोलोम्बियाले पहिलो हाफमा तीन गोल र दोस्रो हाफमा दुई गोल गर्‍यो । कोलोम्बियालाई जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १५ औं मिनेटमा कोलोम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो । 

कोलोम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरे । ४१ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलोम्बियाले पहिलो हाफमा ३–० को अग्रता लियो ।

दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो । अतिरिक्त समयको चौथो मिनेटमा कोलोम्बियाका लागि मिगुएल ब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कन पुग्यो ।

कोलोम्बियाले अब सेमिफाइनलमा ब्राजिल र उरुग्वेको विजेतासँग खेल्नेछ ।





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया