logo-img

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।

सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए ।  

प्रजिअ कुइँकेलले जयपृथ्वी राजमार्गअन्तर्गत मालालाग्ने भीरमा पनि पहिरो गएकाले स्थानीय तहसँग जनशक्ति र आवश्यक उपकरण उपलब्ध गर्न अनुरोध गरिएको बताए । राजमार्ग नियमित सञ्चालन गरी जनजीवन सामान्य बनाउन सबैले सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।  





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया