logo-img

‘गृहमन्त्रीलाई संसदमै फूलमाला लगाउँछौँ, तर जिबी राईलाई पक्राउ गरियोस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरूले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरूले देश बरबाद पारे भन्दै जनमत पाएको भए पनि रास्वपा पनि उही बाटोमा हिँडेको शाहीको आरोप छ । 

उनले भने, ‘जात्रा हेरियो । पुरानाहरूले त गरे गरे, नयाँ साथीहरूलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पुराना नेताहरूले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा फूलमालाले स्वागत गर्छौँ । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’
 
गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधिमा फाइल खोल्न चेतावनी दिए । ‘आज सरकारमा गएको एक सय २४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो ? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँड्नुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस् न । हामी साथ दिन्छौँ’, उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया