logo-img

अमेरिकी राष्ट्रपति बाइडेन फेरि उम्मेदवार बने चन्दा राेक्ने चेतावनी

अमेरिकामा राष्ट्रपतीय निर्वाचनकाे सरगर्मी बढ्दाे छ । रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्कापक्कीजस्तै छ । यता, सत्तारुढ दल डेमोक्रेट पार्टीमा भने वर्तमान राष्ट्रपति जाे बाइडेनलाई पुनः उम्मेदवार बनाउने विषयमा विवाद छ ।

पार्टीभित्रैका केही नेताले बाइडेनले जित्ने सक्नेमा आशंका गर्दै उमेदवार फेर्न माग गरिरहेका छन् । त्यति मात्रै हाेइन, डेमोक्रेट पार्टीका चुनावी अभियानका मुख्य दाताहरूले बाइडेन राष्ट्रपतिको दौडमा रहे भने फन्डिङ (चन्दा) नै बन्द गरिदिने चेतावनी दिएका छन्।

त्यसैले सत्तारुढ डेमोक्रेट पार्टी आफ्नो उम्मेदवारबारे अन्योलमा छ । बाइडेनले आफू दौडमा रहेको स्पष्ट गरिसके पनि बाइडेनको विकल्पबारे पार्टीभित्र व्यापक विचारविमर्श सुरु भएको छ ।

बाइडेनको पछिल्लो टेलिभिजन अन्तर्वार्ताले पनि बाइडेनको नाममा उठेको शंकाहरू मत्थर हुन सकेकाे छैन । एटलान्टामा भएको पहिलो बहसमा बाइडेनको निराशाजनक प्रदर्शनपछि उनको उमेरबारे पनि व्यापक चर्चापरिचर्चा भइरहेकाे छ । 





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया