logo-img

मन्त्रालय भागबण्डाको तयारीमा एमाले

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । 

उनले पहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए । साथै उनले अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि यथार्थ निर्णयमा नपुगेको स्पष्ट पारे ।

उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौँ । २८ गते सम्मानीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं ।’ 

उनले कति दलहरू नयाँ सरकारमा सहभागि हुन्छन् त्यसको आधारमा मात्र मन्त्रालयको भागबण्डा हुने बताए ।
 





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया