logo-img

थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने तयारी (सूचीसहित)

सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने तयारी गरेकाे छ । यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतकाे पर्यटन विभागले विभागीय ५७ वटा हिमाल आरोहण खोल्नका लागि मन्त्रालयमा सिफारिस गर्न लागेको हाे । 

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख गरेकाे थियाे । आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । 

विभागले पूर्वमा ताप्लेजुङदेखि पश्चिममा डोल्पा र हुम्लासम्मका विभिन्न हिमाल आरोहणका लागि खुला गर्न सिफारिस गर्न लागेकाे हाे । विभागको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने छ । 

त्यहाँबाट स्वीकृत भएपछि हिमालहरू आरोहणका लागि खुला हुनेछन् । यसरी सिफारिस गर्न लागिएका हिमालमा ५ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । 

विभागले यी हिमाल आरोहणका लागि खुला गर्न लागिएको भन्दै धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारण खुला गर्ने वा नगर्ने सम्बन्धमा कुनै दाबी विरोध भए उपलब्ध गराउन सरोकारवालासँग आह्वान गरेको छ ।

विभागले आफ्नो इमेलमा एक साताभित्र आएका दाबी विरोधको सुनुवाइ गरिने र त्यस अवधिभित्र दाबी विरोध नआए कुनै कारबाही नहुने समेत बताएको छ ।



सरकारले अहिलेसम्म ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला गरेको छ । जसमा सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

सरकारले ४ सय १९ हिमाल आरोहणमा खुला गरे पनि आरोहण भने केही सीमित हिमालमा मात्र केन्द्रित छ । पर्यटन विभागका अनुसार खुला भएका ६८ हिमालमा भने अझै काेही मानिस चढेका छैनन् ।



  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया