logo-img

प्रधानमन्त्रीले राजीनामा नगरेपछि एमालेले फेरि बोलायो सचिवालय बैठक

नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १२ बजेका लागि केन्द्रीय कार्यालय च्यासलमा  सचिवालय बैठक राखिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो । उक्त बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ । प्रधानमन्त्री दाहाललाई राजीनामाका लागि थप दबाब दिन एमालेले सचिवालय बैठक डाकेको बताइएको छ । 





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया