logo-img

कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं

कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरिएको छ ।  

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसअनुसार आज तेह्रथुमका गुरागाईंलाई अध्यक्ष नियुक्त गरेका थिए । 

उनलाई आजै विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

शपथग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका मन्त्रीहरू, सुरक्षा प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया