logo-img

गौतम बुद्ध रंगशाला निर्माणको काम साढे दुई वर्षभित्र सक्नेगरी सम्झौता
फाइल तस्बिर

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ । 

पहिलो चरणको निर्माण कार्य ३० महिना (साढे दुई वर्ष) भित्र सम्पन्न गर्ने गरी दुई पक्षबीच सम्झौता भएको हो । सम्झौताअनुसार रंगशालाको काम २२ पुस २०८३ भित्र सकिनेछ । 

रंगशालामा मैदानसहित पाँचवटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, दुई वटा तीन/तीन तलाको टावर बनाइनेछ । 

थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायत भौतिक पूर्वाधार निर्माणका लागि पनि सम्झौता भएको महानगरपालिकाका वरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यले जानकारी दिए । सुरुवातमा रंगशाला निर्माण थालेको धुर्मस–सुन्तली फाउण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । 

ती काम सक्न निर्माणको लागत भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ । महानगरपालिकाले निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेशन पेस्कीका रूपमा ६ करोड ८० लाख रकम दिने तयारी गरेको छ । 



निर्माण कम्पनीले पेश गरेको कार्यतालिकाका आधारमा धमाधम निर्माणको काम हुने महानगरले विश्वास लिएको छ । 



  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया