logo-img

सन्तोष परियार भन्छन्- आगामी सरकारलाई पनि बेचन झाहरूले चैन दिने छैनन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक चलखेल सुरु भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर चलखेल सुरु भएको भन्दै आगामी सरकारलाई पनि बेचन झाहरूले चैन नदिने टिप्पणी गरे । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अगाडि पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब वर्तमान सरकारले नियन्त्रण लियो त्यसपछि राजनीति बेचैनीहरू सुरु भयो । जब सरकारले अभियोग पत्रमा प्रतिवादी नबनाइएका झालाई समात्यो तब राजनीतिक चलखेल सुरु हुन थाल्यो ।’

उनले भने, ‘सुशासन भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर आज जुन खालको चलखेल सुरु भएको छ । म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु । बेचन झाहरूको केसलाई अगाडि बढाइयोस् र आगामी सरकारलाई पनि बेचन झाहरूजस्ताले चैन दिने छैनन्  ।’





  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया