logo-img

संसदमा एमालेको स्पष्टीकरण : प्रधानमन्त्रीले दूषित खेल खेले, हामी सरकारबाट बाहिरियौँ

नेकपा एमालेले वर्तमान सरकारबाट बाहिरिएर कांग्रेससँग गरेको सहकार्यबारे संसदमा स्पष्टीकरण दिएको छ । सोमबार बसेको प्रतिनिधिको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद महेश बर्तौलाले प्रधानमन्त्रीले एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने दूषित खेल खेलेपछि एमाले सरकारबाट बाहिरिनु परेको बताए । 

प्रधानमन्त्रीको चुलबुले स्वभाव र उथलपुथलको कार्यशैलीको मारमा एमाले परेको र सरकारभित्र रहँदारहँदै आफ्नो सहयात्री दललाई कमजोर बनाउने खेलमा लागेको उनले बताए ।  

‘प्रधानमन्त्री सदैव एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने त्यस प्रकारको दूषित खेलको निरन्तरतामा उहाँ आफैँ सहभागी हुनुभयो । उहाँको चुलबुले स्वभाव, उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने अवस्था बन्यो । सरकारमै रहेको एमालेलाई एक्लाउने र कमजोर बनाउने प्रयास भयो । सरकारभित्र रहँदा रहँदै पनि सहयात्री दललाई कमजोर बनाउने प्रयास जारी रह्यो । त्यसैले हामी बाहिरियौँ,’ उनले भने ।

बर्तौलाले आफूहरूलाई साथी चाहिरहेको उल्लेख गर्दै त्यस क्रममा कांग्रेससँग भेट भएको बताए । स्थिर सरकार दिनुपर्छ भनेर कांग्रेससँग सहमति भएको उनको भनाइ थियो । साथै बर्तौलाले संसदभित्रै गायिका अन्जु पन्तको गीत गाउँदै प्रधानमन्त्री दाहाललाई सम्झिएका थिए । ‘तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’ भन्दै बर्तौलाले दाहाललाई सम्झिएका हुन् ।  





  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया