logo-img

मौसम विभागले भन्यो- चार प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू
कोशीमा धेरै भारी वर्षाको आकलन
फाइल तस्बिर

देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थान दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज बिहान देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  

आज दिउँसो कोशी, मधेश, लुम्बिनी र गण्डकीका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आफ्नो मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।    

यस्तै, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेश, लुम्बिनी र गण्डकीका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको माैसम  विभागले जनाएको छ । राति कोशी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । 

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया