logo-img

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा ?
फाइल तस्बिर

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुने उनले बताए । यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुनेछन् । 

उपमहासचिव ज्ञवालीका अनुसार एमालेको वार्षिक (२०८१) कार्ययोजना लागू गर्ने विषयमा पनि बैठकले निर्णय गर्नेछ । एमालेले २०८१ भरी संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।

१७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो । सोही सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् । उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।  

कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । तर, प्रधानमन्त्री दाहालले भने शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।   





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया