logo-img

तोलामा ९ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा मंगलबार सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ४४ हजार १ सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला १ लाख ४४ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।   
 





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया