logo-img

सिंगापुरमा १६ प्रजातिका कीरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति

सिङ्गापुरको खाद्य नियामक निकाय (एसएफए) ले करिब १६ प्रजातिका कीरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । 

बहुप्रतिक्षित घोषणा सिङ्गापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने कीराको आपूर्ति र पालनपोषण गर्ने उद्योगका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ ले उल्लेख गरेको छ ।

खानाको लागि स्वीकार गरिएका किराहरूमा फट्याङ्ग्रा, सलह, खाने कीरा र विभिन्न प्रजातिका रेशमकीराहरूलाई राखिएको छ । सिंगापुर फुड एजेन्सी (एसएफए) ले मानव उपभोग वा पशुधनको दानाको लागि कीराहरू आयात गर्न वा पालन गर्न चाहनेहरूले गाइडलाइन भने पालना गर्नुपर्ने छ ।

संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले कीराहरूलाई मासुको विकल्पको रूपमा मान्दछ, किनभने तिनीहरूमा प्रोटिन उच्च हुन्छ ।







  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया