logo-img

त्रिवि उपकुलपतिलाई भेट्न क्युआर कोडबाट अग्रिम समय लिनुपर्ने
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्युआर कोडमार्फत अग्रिम समय लिनुपर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानलगायत विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेट्नुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्युआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

बराल गत १० फागुनमा त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । 
 





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया