logo-img

माओवादीलाई एमाले सांसदको जवाफ : सरकार बालाजुको बाइसधाराबाट बन्दैन, संविधानकै धाराबाट बन्छ

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको जिकिर गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको चासोको विषय नभएको बताएका हुन् ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उनले भने, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

गत असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएपछि हरेक दिन चल्ने प्रतिनिधिसभा बैठकमा एमाले र माओवादीका सांसदहरुबीच सवाल–जवाफ चलिरहेको छ ।  
 





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया