logo-img

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा पूर्व क्रिकेटर गौतम गम्भीरलाई नियुक्त गरेको छ । 

बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका हुन् ।

भारतीय टिमका यसअघिका प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएपछि उनको स्थानमा गौतम नियुक्त भएका हुन् । टी–२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्याकाल सकिएको थियो । 

हाल गौतम​ आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।

भारतले २०११ को विश्वकप जित्दा गम्भीर भारतीय टिमका महत्वपूर्ण खेलाडी रहेका थिए ।





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया