logo-img

स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा, फ्रान्स अग्रता जोगाउन नसक्दा स्तब्ध

उपाधि दाबेदार स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको म्युनिखमा सम्पन्न पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा लामिन यमाल र ड्यानी ओल्मोले एक–एक गोल गरे ।  

फ्रान्सका लागि रान्डाल कपको मुआनीको नाममा एक गोल रह्यो । खेलको आठौँ मिनेटमा केलियन एमबाप्पेको पासमा मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले हेडरमार्फत गोल गरे । यद्यपि फ्रान्सको उक्त अग्रता लामो समयसम्म टिक्न सकेन ।



२१औं मिनेटमा १६ वर्षीय लामिन यमालले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । 

२५औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि गोल हुन नसकेपछि स्पेनले खेल जित्दै फाइनलमा स्थान बनायो । उसले अब उपाधिका लागि इङ्ग्ल्यान्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्नेछ ।



इङ्ल्याण्ड र नेदरल्याण्ड्सबीचको सेमिफाइनल खेल बुधबार राति हुनेछ ।  

  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया