logo-img

मेस्सीले तोडे अली दाइको कीर्तिमान

अर्जेन्टिनी कप्तान लिओनल मेस्सीले कोपा अमेरिका फुटबल २०२४ मा पहिलो गोल गरेका छन् । उनले बुधबार बिहान सम्पन्न क्यानडाविरुद्धको सेमिफाइनल खेलमा गोल गरेका हुन् ।

मेस्सीले ५१औँ मिनेटमा आकर्षक गोल गरेका थिए । उनले एन्जो फर्नान्डेजको पासलाई पोस्टको दिशा देखाए । योसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने मामलामा दोस्रो स्थानमा उक्लिएका छन् ।  

उनी इरानका पूर्वफुटबलर अलि दाइलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म १ सय ९ गोल गरेका छन् । अलिले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १ सय ८ गोल गरेका थिए । 

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड भने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले हालसम्म १ सय ३० अन्तर्राष्ट्रिय गोल गरेका छन् । 



रोनाल्डो युरो कप २०२४ मा भने गोल गर्न चुके । यसपटक चुके पनि युरोकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड भने उनको नाममा कायमै छ । 



रोनाल्डोले हालसम्म ६ युरो कप खेल्दा १४ गोल गरेका छन् । उनको यो रेकर्ड तोडिन अझै वर्षौँ लाग्ने देखिन्छ ।  

  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया