logo-img

शान्तीश्रीको ‘यसपालिको तीजमा’ अन्जली अधिकारीको छमछमी

गायिका शान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालिको तिजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

हिन्दु नेपालीहरूको महान् पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा मार्मिक शब्द,  शब्दका मर्म र भावलाई  उजागर गर्ने प्रयत्न गरिएको छ ।

गाउँ घरमा तीजको माहौलमा गरिने रमाइलोलाई देखाउँदै भगवान् शिवलाई यस विशेष पर्वमा खुसी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन् ।

सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापाले भरेका छन् ।  पछिल्ला दिनमा तीजका गीतमा बढ्दो विकृति बढेको भन्दै गुनासोहरू आइरहेका बेला सार्वजनिक  यसपालिको तीजमा बोलको गीतमा भने मौलिक विषय वस्तु उठाइएको निर्माण युनिट बताउँछ । 

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । जसमा उत्सव दाहालको छायाङ्कन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ । गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट बजारमा आएको हो । 





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया