logo-img

चीनमा ट्राउजरमा राखेर १०० जिउँदो सर्प तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

चीनको मुख्य भूमिमा १ सयभन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।

चीनको भन्सार कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए । निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा ६ वटा क्यानभास ड्रस्ट्रिङ ब्याग प्याक गरिएको र टेपले सिल गरिएको भेटिएको छ ।’

विज्ञप्तिका अनुसार प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए । अधिकारीले १०४ खस्रो सरीसृप जफत गरेका छन् । जफत गरिएका सर्पमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजाति थिए ।

भिडियोमा दुईजना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ । चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाइ गरिएको छ । 

देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानुनले मानिसलाई अनुमतिबिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ ।  





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया